धादिङका प्रहरी प्रमुख हेडक्वाटर तानिए, सीडीओ पनि फेरिए

नेपालभ्युज

धादिङका प्रहरी प्रमुख हेडक्वाटर तानिए, सीडीओ पनि फेरिए

काठमाडौं । बाढी पहिरोको विपत्तिको जोखिमको बेला काम सन्तोषजनक नभएको भन्दै प्रहरी प्रधान कार्यालयले धादिङ जिल्लाका एसपी गौतम केसीलाई हेडक्वाटर तानेको छ । केसीको सट्टा दीपेन्द्र शाहीलाई पठाइएको छ ।

यसअघि गृह मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पनि मन्त्रालयमा तानेको थियो ।

धादिङको प्रमुख जिल्ला अधिकारी बनाएर गृहमन्त्रालयका सहसचिव सुमन घिमिरेलाई पठाइएको छ ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद पाण्डे पनि मन्त्रालय तानिएका छन् । उनलाई तानेर उमेश ढकाललाई पठाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved