झ्याप्ले खोलामा दुईतर्फी सडक संचालनमा, पुरिएका चारै वटा गाडीको नम्बर खुल्यो

नेपालभ्युज

झ्याप्ले खोलामा दुईतर्फी सडक संचालनमा, पुरिएका चारै वटा गाडीको नम्बर खुल्यो

काठमाडौं । धादिङको धुनीबेशी नगरपालिका-९ झ्याप्ले खोलामा पहिरो पन्छाएपछि  दुईतर्फी बाटो संचालनमा आएको छ ।  आइतबार साढे सात बजेबाट  दुई तर्फी बाटो संचालनमा आएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

झ्याप्ले खोलामा पहिरोले पुरेको  चार वटा गाडीबाट हालसम्म ३५ जनाको शव फेला परेको  बताइएको छ । सहप्रवक्ता थापाका अनुसार पुरिएका चारै वटा गाडीको नम्बर खुलेको छ।

बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर जिप, चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख १३४५ नम्बरको हायस  त्यस्तै गोरखाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस र बा १ प १३८८ नम्बरको बस पुरिएका थिए ।

पहिरोमा पुरिएकाहरुको  खोजी तथा उद्धार कार्य जारी रहेको बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved