सिधाकुराका प्रकाशक र सम्पादकलाई ३ महिना कैद फैसला

नेपालभ्युज

सिधाकुराका प्रकाशक र सम्पादकलाई ३ महिना कैद फैसला

काठमाडौं । सर्वोच्च अदालतले सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई तीन महिना कैदको सजाय सुनाएको छ ।

अदालतको अवहेलना गरेको अभियोगमा सर्वोच्च अदालतले आइतबार उनीहरुलाई कैद सजाय सुनाएको हो ।

सर्वोच्चका प्रधान न्यायाधीश विश्वम्भवरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाउँदै विवादित अडिओ रेकर्ड गर्ने राजकुमार तिम्सिनालाई ६ महिना कैद सजाय सुनाएको छ ।

सिधाकुराका सम्पादक युवराज कँडेल र नवीन ढुंगानालाई जनही ३ महिना कैद सजाय सुनाइएको छ । उनीहरुले माफी मागे ७ दिन मात्र कैद बस्नुपर्ने फैसलामा उल्लेख गरिएको  छ ।

उनीहरूलाई जनही ५ हजार रुपैयाँ जरिवाना पनि ठहर भएको प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved