काठमाडौं । पश्चिम नवलपरासी क्षेत्र नं १ का सांसद बिनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा ट्रमा सेन्टरको शिलान्यास गर्न पाउँदा खुसी लागेको बताएका छन् । आइतबार उनले सामाजिक संजाल एक्समा एक सन्देश शेयर गर्दै यसबारे जानकारी दिएका हुन् ।
नेपाली कांग्रेसका नेता समेत रहेका चौधरीले आइतबार स्वास्थ्य मन्त्री प्रदीप पौडेलको उपस्थितिमा ट्रमा सेन्टरको निर्माणको काम औपचारिक रुपमा शुभारम्भ गरेका हुन्। निर्वाचित भएको पहिलो दिनदेखि नै आफूले यो परियोजनालाई उच्च प्राथमिकतामा राखेर अगाडि बढाएको उनले बताएका छन् ।
‘यस परियोजनालाई सफल बनाउन अहोरात्र खटिनु भएका सबै व्यक्ति र सम्बन्धित निकायलाई विशेष धन्यवाद’ चौधरीले एक्समा लेखेका छन्, ‘राजधानी बाहिरको पहिलो ट्रमा सेन्टर नवलपरासीमा स्थापना हुनु नवलपरासीवासी मात्र नभई सम्पूर्ण राष्ट्रका लागि गर्वको कुरा हो। सबैमा हार्दिक नमन्।’
Facebook Comment
Comment