काठमाडौं । शनिबारको नख्खु बाढीमा दुईजना बचाएका चणिकलाल तामाङले मान्छे बचाउँदा आफूलाई खुसी लागेको बताएका छन् ।
आइतबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवास नै बोलाएर सम्मान गरेका थिए । त्यस क्रममा तामाङले यस्तो बताएका हुन् । उनले भने, “मान्छे बचाउँदा खुसी लागेको छ ।”
अगाडि उनले भने, “खोला त बढ्दै थियो । खोलामा नानी चेपेको, बग्दै गरेको एकजना मान्छेले इशारा गर्यो । यसपछि म पसेँ र दुबैलाई बचाएँ । तीनजना बगेका रहेछन्, एकजनालाई बचाउन सकिनँ, दु:ख लाग्यो । ती मान्छे त बगेछन् ।”
प्रचण्डले तामाङले धेरै राम्रो काम गरेको बताए । “तपाईंले धेरै राम्रो काम गर्नुभयो, आज देशमा तपाईंको मात्रै चर्चा छ,” प्रचण्डले खादा लगाइदिँदै भने ।
बिहीबार रातिदेखि शनिबार साँझसम्म भएको निरन्तरको वर्षाका कारण अहिलेसम्म १२५ भन्दा बढीको मृत्यु भइसकेको गृह मन्त्रालयले पुष्टि गरेको छ ।
प्रचण्डले पनि गरे चणिकलाल तामाङलाई सम्मान
Facebook Comment
Comment