रास्वपा भन्छ – दुई दिनको पानीले दुई तिहाई सरकारको औकात देखाइदियो

नेपालभ्युज

रास्वपा भन्छ – दुई दिनको पानीले दुई तिहाई सरकारको औकात देखाइदियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार, गठबन्धन र गठबन्धनमा आबद्ध राजनीतिक दल र कार्यकर्ताहरू रवि, रास्वपा र सहकारीमा मात्रै केन्द्रीत भएको निष्कर्ष निकालेको छ ।

आइतबार बसेको केन्द्रीय समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकपछि प्रवक्ता मनिषा झाले भने, दुई तिहाई सरकारको औकात २ दिनको पानीले देखाइदियो, उहाँहरु बालेन र कुलमानको पछि लागेर मात्र बस्नु भयो ।

यस्तो विपद् आउँदैछ भनेर रवि लामिछाने गृहमन्त्री हुँदै मन्त्रालयमा अलर्ट गराउनुभएको थियो तर, अहिलेको गृहमन्त्रीले बेवास्ता गर्नुभयो ।’

प्राकृतिक विपत्ति आउँदा समेत राज्य तयार नहुनु दुःखद् रहेको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved