मकवानपुरको सिस्नेरीस्थित एन्फा क्याम्पका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोले पुरेको आशंका

नेपालभ्युज

मकवानपुरको सिस्नेरीस्थित एन्फा क्याम्पका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोले पुरेको आशंका
फाइल तस्वीर

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ मा राखेको युथ–१४ क्याम्पका ६ जना खेलाडी सम्पर्कविहीन भएका छन् ।

शनिबार बिहान कुलेखानी जलाशय खोलेपछि खोलामा बाढी आएको थियो । खोलासँगै जोडिएको विद्यालयमा बालकहरुलाई सुरक्षित स्थानमा लैजाने क्रममा ६ जना बेपत्ता भएका हुन् ।

स्थानीय वत्सला माध्यमिक विद्यालयमा एन्फाले होस्टलसहित आवासीय व्यवस्था गरी दैनिक प्रशिक्षणमा ३७ जना खेलाडी राखिएका थिए । उनीहरुलाई सुरक्षित स्थानमा लैजान खोज्दा माथिबाट लेदोसहितको पहिरो जाँदा ६ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुने विद्यार्थीहरुमा मकवानपुरका अनुप घलान, सर्लाहीका आदित्य वलम्पाकी, काठमाडौंका रियान्स आचार्य, मकवानपुरका सुमन योन्जन, निजगढका विकल रेग्मी, मकवानपुरका दिवस बानियाँ छन् ।

अहिले त्यहाँ प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved