नख्खुमा चारजना बगाएको घटना : गृहमन्त्री भन्छन् – उद्धारमा खटिएका प्रहरीलाई नै बगाएपछि सकेनौँ

नेपालभ्युज

नख्खुमा चारजना बगाएको घटना : गृहमन्त्री भन्छन् – उद्धारमा खटिएका प्रहरीलाई नै बगाएपछि सकेनौँ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नख्खु खोलामा बाढीले बगाएका चार जनाको उद्धार प्रयास गर्दागर्दै नसकिएको बताएका छन् ।

शनिबार बिहान घण्टौंसम्म टहराको छानामा बसेकाहरुको उद्धार नहुँदा एक बच्चासहित ४ जनालाई बाढीले बगाएको थियो ।

सोही विषयमा गृह मन्त्रालयमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग उनले भने, ‘नख्खु खोलामा मानिसहरु टहराको छतमा बसेको अवस्थामा हामी कोसिस गर्दा गर्दा पनि बचाउन सकेनौं । यसकाप्रति म दुःखी छु ।’

हेलिकोप्टरबाट रेस्क्यु गर्ने प्रयास गर्दा भिजिविलिटी नभएका कारणले नसकिएको उनको भनाइ छ ।

जमिनबाट सशस्त्र र प्रहरीले उद्धार गर्ने प्रयास गरेपनि उद्धारमा खटिएका प्रहरी जवानहरुलाई नै बगाएर उद्धार गर्नुपर्ने स्थिति आएको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved