बाढीपहिरोमा परी ललितपुरमा अहिलेसम्म ९ जनाको मृत्यु, ११ बेपत्ता

नेपालभ्युज

बाढीपहिरोमा परी ललितपुरमा अहिलेसम्म ९ जनाको मृत्यु, ११ बेपत्ता

काठमाडौं । बाढीपहिरोका कारण ललितपुरमा ९ जनाको मृत्यु भएको छ ।

बिहीबार रातिदेखि परिरहेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी ९ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।

साथै, ११ जना बेपत्ता छन् । उद्धार टोलीले २८१ जनाको उद्धार गरेको छ ।

अहिले उद्धारका लागि ललितपुर प्रहरी र तालुक कार्यालयबाट उद्धारका लागि बोट लगायत सामग्रीसहित ११०० जना खटिएका छन्।

सानेपाबाट ७७ जना, नख्खुबाट १४, नखिपोटबाट १५, बुङमतीबाट ७५, चापागाउँबाट ५५ जना, यूएनपार्कबाट १ जना र इमाडोल क्षेत्रबाट २८ जनाको जीवितै उद्धार गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved