भक्तपुरमा पाँचजना बेपत्ता, खोजी कार्य जारी

नेपालभ्युज

भक्तपुरमा पाँचजना बेपत्ता, खोजी कार्य जारी

काठमाडौं । निरन्तरको वर्षापछि आएको बाढी तथा पहिरोमा परेर भक्तपुरमा पाँचजना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता मोहनमणि अधिकारीका अनुसार ठिमीमा पहिरोले चारजना र आशापुरीमा बाढीमा परी एक जना बेपत्ता भएका हुन् ।

उनीहरूको पहिचान खुलेको छैन । खोजी कार्य जारी रहेको छ । भक्तपुर क्षेत्रमा मनोहरा, हनुमन्ते घट्टेलगायतका खोला बढेर वस्ती पसेका थिए ।

अहिले भक्तपुर पूरै जलमग्न छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved