नख्खु खोलामा उद्धारको पर्खाइमा रहेका चारजना बगेर बेपत्ता

नेपालभ्युज

नख्खु खोलामा उद्धारको पर्खाइमा रहेका चारजना बगेर बेपत्ता
प्रतिकात्मक तस्वीर ।

काठमाडौं । काठमाडौंको नख्खु खोलामा बगेर चारजना बेपत्ता भएका छन् ।

दुई दिनयता भइरहेको लगातारको वर्षाका कारण खोलामा आएको बाढीका कारण एक बच्चासहित ४ जना बेपत्ता भएका हुन् ।

शनिबार (आज) बिहान करिब ९ बजेको समयमा खोलाले आएको बाढीले चारजना बगाएको नेपाल सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

उनीहरु घरमाथि चढेर लामो समयसम्म उद्धारको पर्खाइमा थिए । उद्धार नहुँदा उनीहरु खोलामा बगेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved