ललितपुरमा पहिरो : तीन जनाको मृत्यु

नेपालभ्युज

ललितपुरमा पहिरो : तीन जनाको मृत्यु
सांकेतिक स्केच

काठमाडौं । लगातारको वर्षापछि ललितपुरमा आएको पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ ।

छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा परेर तीन जनाको मृत्यु भएको ललितपुर प्रहरीका एसएसपी शेखर खनालले जानकारी दिए ।

उनका अनुसार चुनिखेलमा पहिरोले एक घर बगाउँदा ४८ वर्षीया एक महिलाको मृत्यु भएको छ ।

यस्तै चापागाउँको टाखेलमा ५४ वर्षीया महिला र छम्पीमा एक जना महिलाको पहिरोमै परेर मृत्यु भएको छ ।

पहिरोमा केहीले भागेर ज्यान बचाएको एसएसपी खनालले बताए । स्थानीयलाई सचेत रहन आग्रह गरिएको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved