‘उपत्यकाका नदीहरुमा पानीको सतह बढ्यो, रात्रिकालीन यात्रा नगर्नू’

नेपालभ्युज

‘उपत्यकाका नदीहरुमा पानीको सतह बढ्यो, रात्रिकालीन यात्रा नगर्नू’
कलंकीमा आएको बाढी

काठमाडौं । लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाका नदीहरुमा पानीको सतह बढेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार खोकाना, गौरीघाट, बल्खु खेला, विष्णुमती गोङ्गबु बसपार्क जल मापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि गएको  छ ।

कुलेश्वर, बल्खुलगायतका क्षेत्रमा पानीको सतह बढेर नदी आसपासको क्षेत्र डुबानमा परेको विभागले जनाएको छ ।  अझै पानी पर्ने भएकाले नदीको सतह अझ बढ्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

नदी किनारका कोरिडोरहरुमा जोखिम बढेपछि प्रहरीले रात्रिकालीन यात्रा नगर्न आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved