वर्षाले काठमाडौंमा बाढी, कलंकीमा पुल डुब्दा तरकारी बजार समेत पानी-पानी (भिडिओ)

नेपालभ्युज

वर्षाले काठमाडौंमा बाढी, कलंकीमा पुल डुब्दा तरकारी बजार समेत पानी-पानी (भिडिओ)
कलंकीमा आएको बाढी

काठमाडौं । ठूलो वर्षाले कलंकीमा खोला नदी आसपासको बस्तीमा बाढी पसेको छ । बाग्मती नदीमा आएको बाढीले केही पुलको तलको भाग समेत छोपिएका छन् । बल्खुको तरकारी बजार पनि डुबेको छ ।

देशभर सक्रिय मनसुनका कारण बागमतीका साथै धेरै नदीमा सतह बढेको छ ।

ती नदी तथा खोला आसपास बस्ने स्थानीय बासिन्दालाई सतर्क रहन प्रहरीले माइकिङ गर्दै आग्रह गरेको छ । कलंकी प्रहरी प्रभाग प्रमुख प्रहरी नायब निरीक्षक यमबहादुर थापाले स्थानीयलाई सचेत गराउँदै माइकिङ गरेका छन् ।

साथै देशभरका ४४ वटा खोला तथा नदीमा बाढीको मात्रा अत्यधिक बढिरहेको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved