इन्द्रसरोवर ताल भरिने सम्भावना, सतर्क रहन स्थानीयलाई आग्रह

नेपालभ्युज

इन्द्रसरोवर ताल भरिने सम्भावना, सतर्क रहन स्थानीयलाई आग्रह

काठमाडौं । भारी वर्षाका कारण मकवानपुरको कुलेखानीस्थित इन्द्रसरोवर ताल भरिने अवस्था आएको छ । कुलेखानी प्रथम जलविद्युत् केन्द्रले यस्तो जानकारी दिएको हो ।

ताल भरिएपछि ओभर फ्लो हुने वा ड्यामको ढोका जुनसुकै बेलापनि खोल्न सकिने अवस्था आउने भएकोले इन्द्रसरोवर गाउँपालिकाको वडा नं २ र ३ वडाका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

स्थानीयलाई नदी आसपास नजान भनिएको गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved