ज्वरो, मधुमेह, रक्तचापका चार दर्जनभन्दा बढी औषधि गुणस्तरहीन (सूचीसहित)

नेपालभ्युज

ज्वरो, मधुमेह, रक्तचापका चार दर्जनभन्दा बढी औषधि गुणस्तरहीन (सूचीसहित)

काठमाडौं । ज्वरो, मधुमेह, उच्च रक्तचाप, पेटमा सङ्क्रमण आदि स्वास्थ्य समस्यामा प्रयोग हुने चार दर्जनभन्दा बढी औषधि गुणस्तरहीन रहेको पाइएको छ ।

भारतमा उत्पादित विभिन्न औषधि गुणस्तरहीन रहेको भारतको ‘सेन्ट्रल ड्रग्स स्ट्याण्डर्ड कन्ट्रोल अर्गनाइजेसन’ (सीडीएससीओ) ले  रिपोर्टमा जनाएको छ ।

सीडीएससीओले जारी गरेको रिपोर्टमा पारासिटामोल, पान–डी, क्याल्सियम सप्लिमेन्टसहित ५३ वटा औषधि गुणस्तर चेकजाँचमा असफल भएको उल्लेख गरिएको छ । यी औषधिमा भिटामिन सी र डी ३ ट्याबलेट, शेलकल, भिटामिन बी कम्प्लेक्स, भिटामिन सी सफ्टजेल, मधुमेहको औषधि ग्लिमेपिराइड, उच्च रक्तचापको औषधि टेल्मिसर्टन लगायत छन् ।

 हेर्नुस् सूची 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved