प्रचण्डको दाबी- कांग्रेस र एमाले मिल्दै छैनन्, केही समयभित्रै कुहिएर झर्छ

'२०६४ को झल्को देखिँदैछ'

नेपालभ्युज

प्रचण्डको दाबी- कांग्रेस र एमाले मिल्दै छैनन्, केही समयभित्रै कुहिएर झर्छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सम्बन्ध बिग्रँदै गएको दाबी गरेका छन् ।

बिहीबारबाट सुरु भएको अखिल क्रान्तिकारीको २३औं सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो दाबी गरेका हुन् ।

“कांग्रेस र एमाले मिल्दै छैनन् । मलाई लाग्छ, केही समयभित्र कुहिएर झर्छ । त्यो बेला के गर्ने भन्नेबारे हामीले सोच्नुपर्छ,” उनले भने ।

अगाडि उनले भने, “हामीले त कांग्रेस-एमालेलाई धन्यवाद भनेका छौँ । किनभने उनीहरूले हामीलाई जनताकहाँ फर्काइदिए । तर, उनीहरूबीच के हो के हो जस्तो भा’छ ।”

उनले ०६४ को झल्को देखिँदै गरेको बताए । “अस्ति पूर्व गएँ, कांग्रेस-एमाले त्यागेर सयौं नेता साथीहरू पार्टी प्रवेश गर्छन्, राति-रातिसम्म पनि जयजयकार गर्दैछन् । भनेपछि ०६४ को झल्को देखिँदैछ,” उनले भने ।

२०६४ सालको पहिलो संविधान सभामा माओवादी सबैभन्दा ठूलो दल बनेको थियो ।

  • सम्बन्धित समाचार

विद्यार्थीलाई प्रचण्डको आह्वान- तपाईंहरू सडकको बाघ बन्नुस्, म संसद्को सिंह बन्छु


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved