रोकिएन सुनको मूल्य बढ्ने क्रम, तोलाकै १ लाख ६० हजार ७ सय रुपैयाँ 

नेपालभ्युज

रोकिएन सुनको मूल्य बढ्ने क्रम, तोलाकै १ लाख ६० हजार ७ सय रुपैयाँ 

काठमाडौं । पछिल्लो समय सुनको मूल्य दिनानुदिन बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ ।

आज नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved