दार्चुलामा जिप दुर्घटना, तीन जना घाइते

नेपालभ्युज

दार्चुलामा जिप दुर्घटना, तीन जना घाइते

काठमाडौं । दार्चुलामा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।   शैल्यशिखर नगरपालिका-५ ओखडानीमा बुधबार दिउँसो सुपप्र ०१००१ ज १५९४ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिप बगौरादेखि सेत्कला जाँदै गरेको थियो । घाइते हुनेमा  शैल्यशिखर नगरपालिका-४ का २३ वर्षीय हरिश धामी, सोही ठाउँका २१ वर्षीय मोहन धामी र ३९ वर्षीय दानसिंह ठगुन्ना रहेका छन् ।

घाइतेहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको बताइएको छ ।  प्रहरीका अनुसार  जिप सडकबाट १० मिटर तल खसेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved