सिरियाबाट प्रहार गरिएको ड्रोन नष्ट गरेको इजरायली सेनाको दाबी

आफ्ना नागरिकलाई लेबनान छाड्न बेलायतको आग्रह

नेपालभ्युज

सिरियाबाट प्रहार गरिएको ड्रोन नष्ट गरेको इजरायली सेनाको दाबी

काठमाडौं । सिरियाबाट प्रहार गरिएको ड्रोन नष्ट गरेको इजरायली सेनाले दाबी गरेको छ ।

गालीलको समुन्द्रमाथि बुधबार प्रहार गरिएको ड्रोनलाई नष्ट गरिएको इजरायली सेनाले बुधबार जारी गरेको विज्ञप्तिमा जनाएको छ । घटनामा कुनै क्षति तथा घाइतेबारे जानकारी प्राप्त नभएको पनि बताएको छ ।

इजरायलले तेल अभीभमा आक्रमण गरेको खबर सार्वजनिक भएलगत्तै इजरायली सेनाले सो घोषणा गरेको हो ।

इजरायल र हिजबुल्लाहबीचको हमला बढेसँगै बेलायत सरकारले आफ्ना नागरिकलाई लेबनान छाड्न आग्रह गरेको छ ।

बेलायती प्रधानमन्त्री केयर स्टार्मरले आफ्नो आकस्मिक सेवाहरुलाई तीव्रता दिएको छन् । लेबनान छाड्न यो उचित समय भएको प्रधानमन्त्री स्टार्मरको भनाइलाई बीबीसीले उदृत गरेको छ ।

पछिल्लो केही दिनमा बढेको आक्रमणले अवस्था निकै गम्भीर बनेकोले बेलायती नागरिकलाई लेबनान छाड्न आग्रह गरिएको रक्षासचिव जोन हेलीले बताए ।

लेबनानमा करिब १० हजार बेलायती नागरिक छन् । व्यवसायिक उडान जारी नै रहेकोले बेलायतका नागरिकलाई सिट बुक गर्न आग्रह गरिएको छ ।

यो पनि पढ्नुहोस्ः

दोस्रो गाजा बन्दै लेबनान

इजरायली खुफिया एजेन्सी मोसादको मुख्यालयमा हिजबुल्लाहको मिसाइल प्रहार


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved