बिहेको ८ वर्षपछि डिभोर्स गर्दै उर्मिला-मोहसिन

नेपालभ्युज

बिहेको ८ वर्षपछि डिभोर्स गर्दै उर्मिला-मोहसिन

काठमाडौं । ९० को दशककी चर्चित बलिउड अभिनेत्री उर्मिला मातोन्डकर फेरि एकपटक चर्चामा छिन् । तर, यसपटक कारण उनको व्यावसायिक नभई व्यक्तिगत जीवन हो ।

अभिनेत्रीले आफ्ना पति मोहसिन अख्तरसँग सम्बन्धविच्छेद गर्न लागेकी छिन् । उर्मिला र मोहसिनको विवाह ३ मार्च २०१६ मा भएको थियो । विवाहको ८ वर्षपछि उनीहरुको सम्बन्धविच्छेदको खबर आएको छ ।

मिडिया रिपोर्टमा विश्वास गर्ने हो भने अभिनेत्रीले मोहसिनसँग डिभोर्सको निवेदन दिएकी छन् । उनीहरुको सम्बन्धविच्छेदको कारण भने खुलेको छैन तर स्रोतका अनुसार यो आपसी सहमतिमा भएको होइन ।

उर्मिला र मोहसिन लामो समयदेखि सँगै बस्न नसकेको स्रोतले जनाएको छ । अहिलेसम्म यो खबरमा दम्पतीको तर्फबाट आधिकारिक प्रतिक्रिया आएको छैन ।

यो डिभोर्सको कारण पनि उर्मिलाको कमब्याक हुनसक्ने चर्चा छ । नायिका आफ्नो काममा केन्द्रित भएर चलचित्रमा फर्किन चाहन्छिन् ।

सामाजिक सञ्जालमा सक्रिय भए पनि उर्मिलाको अकाउन्टमा पति मोहसिनसँगको तस्वीर देखिँदैन । अभिनेत्रीले गत वर्ष २९ जुनमा श्रीमान्‌सँगको अन्तिम तस्वीर अपलोड गरेकी थिइन् ।

सन् २०१६ मा उर्मिलाले मोहसिन अख्तर मिरसँग विवाह गरेकी थिइन् । दुवैको उमेरमा १० वर्षको अन्तर छ । दुवैको भेट डिजाइनर मनिष मल्होत्राका कारण भएको हो । मनिष दुवैको साझा साथी हुन् ।

मोहसिन वास्तवमा कश्मीरका व्यापारी र मोडल हुन् । उनले ‘इट्स अ म्यान्स वल्र्ड’, ‘लक बाइ चान्स’ र ‘बीए पास’ जस्ता फिल्ममा काम गरिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved