चीनले दशकौंपछि परीक्षण गर्‍यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल

नेपालभ्युज

चीनले दशकौंपछि परीक्षण गर्‍यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल

काठमाडौं । चीनले प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ । जसमा डमी वारहेड प्रयोग गरिएको थियो ।

चीनले यसलाई नियमित परीक्षण भनेको छ । विश्लेषकहरूले उक्त मिसाइलहरु चीनले अन्तिम पटक सन् १९८० को दशकमा परीक्षण गरेको बताएका छन् ।

चीनले यो आफ्नो सेनाको नियमित र वार्षिक तालिमको हिस्सा भएको बताएको छ ।

चीनको सरकारी मिडियाले यस क्षेप्यास्त्र प्रक्षेपणको बारेमा वरपरका देशहरूलाई पहिल्यै जानकारी गराएको बताएको छ ।

अमेरिकी रक्षा विश्लेषक जोन रिजले आफ्नो शक्ति देखाउन चीनले यो प्रक्षेपण गरेको हुनसक्ने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved