दुर्गा प्रसाईंसँग सरकारी वकिल कार्यालयमा लिइयो २ घण्टा बयान

नेपालभ्युज

दुर्गा प्रसाईंसँग सरकारी वकिल कार्यालयमा लिइयो २ घण्टा बयान

काठमाडौं । चरित्र हत्या आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मंगलबार बयान लिइएको छ ।

सरकारी वकिल कार्यालय काठमाडौंमा प्रसाईंसँग २ घण्टा बयान लिइएको हो ।

रास्वपा केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला)ले साइबर क्राइमको आरोपमा प्रसाईंविरुद्ध जाहेरी दिएका थिए ।

सोही जाहेरीका आधारमा प्रहरीको साइबर ब्युरोले गत आइतबार उनकै निवास भक्तपुरबाट पक्राउ गरेको थियो ।

पक्राउको भोलिपल्ट उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखाएर उनी अस्पताल पुगेका थिए । मंगलबार डिस्चार्ज गरेसँगै बयानका लागि सरकारी वकिलमा लगिएको थियो ।

आइतबारै प्रसाईंलाई तीन दिन हिरासतमा राखेर विस्तृत अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved