दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी

नेपालभ्युज

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी

काठमाडौं । चरित्र हत्या आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निदेवनमा सुनुवाइ गर्दै सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

प्रसाईंले आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहाइका लागि अन्तरिम आदेश माग गरेका थिए ।

रास्वपा केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला)ले साइबर क्राइमको आरोपमा प्रसाईंविरुद्ध जाहेरी दिएका थिए ।

सोही जाहेरीका आधारमा प्रहरीको साइबर ब्युरोले गत आइतबार उनकै निवास भक्तपुरबाट पक्राउ गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved