उत्तर कोरियाले जित्यो यू-२० महिला विश्वकप फुटबलको उपाधि

नेपालभ्युज

उत्तर कोरियाले जित्यो यू-२० महिला विश्वकप फुटबलको उपाधि

काठमाडौं । उत्तर कोरियाले यू–२० महिला विश्वकप फुटबलको उपाधि जितेको छ ।

कोलम्बियाको बोगोटामा भएको फाइनलमा उत्तर कोरियाले जापानलाई १–० ले हराउँदै उपाधि जितेको हो । योसँगै उत्तर कोरिया जर्मनी र अमेरिका जस्तै विश्वकपमा सबैभन्दा सफल महिला फुटबल टोली बनेको छ ।

खेलको १५औं मिनेटमा चो इल–सनले गरेको गोलमा उत्तर कोरियाले जापानलाई पराजित गर्न सफल भएको हो । यस प्रतियोगितामा उत्तर कोरियाले आफ्ना सबै खेल जित्यो ।

१७ वर्षीय चो इल–सन यस प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी बनिन् । उनले ६ गोल गर्दै गोल्डेन बुट अवार्ड जितिन् ।

उत्तर कोरियामा किम जोङ उनको शासन छ । विश्वका अन्य देशभन्दा धेरै कुरामा पछि परेको उत्तर कोरियाको महिला फुटबल टोली बलियो टोलीमध्येको एक हो ।

सन् २००७ मा उत्तर कोरियाली टोलीले अमेरिकाको सामना गर्दा विश्वमा पाँचौं स्थानमा थियो र एक दशकमा तीनवटा एसियाली उपाधि जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved