दिनहुँ रेकर्ड बनाउँदै सुनको भाउ, तोलाको कति पुग्यो ?

नेपालभ्युज

दिनहुँ रेकर्ड बनाउँदै सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं । सुनको मूल्यले दिनहुँ रेकर्ड कायम गरिरहेको छ ।

सोमबार तोलाको १ लाख ५९ हजार २ सय रूपैयाँमा कारोबार हुँदै रेकर्ड कायम गरेको सुनको मूल्यले मंगलबार रेकर्ड ब्रेक गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेर १ लाख ५९ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । सोमबार तोलाको १ हजार ९ सय २० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर १ हजार ९ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved