टोखाको गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु

नेपालभ्युज

टोखाको गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु
प्रतीकात्मक तस्वीर ।

काठमाडौं । टोखा नगरपालिका–६ स्थित गहना पोखरीमा आइतबार ४ वर्षीया बालिका गुराँस सहनीको डुबेर मृत्यु भएको छ ।  बालिका आफ्नो आमा दुर्गा सहनीसँग टोखा–८ जल्पा चोकमा बस्दै आएकी थिइन् ।

बाराको जितपुर सिमरा–३ घर भएकी गुराँस आइतबार दिउँसो पोखरीमा खेल्ने क्रममा डुबेकी थिइन् । घटनापछि तत्काल उद्धार प्रयास गरिएको भए पनि बालिकाको ज्यान बचाउन नसकिएको थियो ।

स्थानीयहरूका अनुसार गहना पोखरीमा सुरक्षा व्यवस्था कमजोर रहेको र यसअघि पनि त्यहाँ डुबेर दुर्घटना भएका घटनाहरू देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved