भारतसँग किनेको चिनी नेपाल भित्रियो, प्रतिकेजी मूल्य १०७ रुपैयाँ

नेपालभ्युज

भारतसँग किनेको चिनी नेपाल भित्रियो, प्रतिकेजी मूल्य १०७ रुपैयाँ

काठमाडौं । भारतबाट खरिद गरिएको आठ हजार एक सय मेट्रिक टन चिनी बिक्रीका लागि बजारमा पठाउन सुरु भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सरकारले भारतबाट खरिद गरेको चिनी नेपाल आइसकेको जनाएको हो ।

उक्त चिनीको मूल्य प्रतिकेजी १०७ रुपैयाँ ५० पैसा तोकिएको छ । भारतबाट चिनी ल्याउनका लागि सात वटा व्यवसायी कम्पनीले छनोट गरेको थियो ।

त्यसमध्ये तीन वटा कम्पनीले दुई हजार सात सय मेट्रिक टनका दरले चिनी ल्याएका छन् । चार वटा कम्पनीले ल्याउन नसकेपछि सम्झौता खारेज गरिएको विभागले जनाएको छ ।

गत वर्षको दशैंमा चिनीको हाहाकार मच्चिएको थियो । यस वर्ष भने बजारमा चिनी सर्वत्र उपलब्ध छ । तोकिएको भन्दा बढी चिनीको मूल्य लिएमा कारबाही गरिने विभागले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved