परराष्ट्रमन्त्री राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता, सम्झौतापत्रमा हस्ताक्षर

नेपालभ्युज

परराष्ट्रमन्त्री राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता, सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गरेकी छिन् ।

संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने क्रममा अहिले अमेरिकाको न्युयोर्कका विदेशीमन्त्रीहरुबीच भेटवार्ता भएको हो।

मन्त्री डा राणाले आइतबार इन्डोनेसियाका विदेशमन्त्री रेट्नो एलपी मर्सुदीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै एक सम्झौतापत्रमा हस्ताक्षर गरेकी छिन् ।

सो भेटमा नेपाल र इन्डोनेसियाबीचका द्धिपक्षीय हितका विविध विषयहरुका साथै आगामी दिनमा आपसी सम्बन्धको विस्तार, विकासमा साझेदारीको पहल, जलवायु परिवर्तनको असर कमगर्न आपसमा हुनसक्ने सहयोग र सहकार्य जस्ता विषयमा कुराकानी भएको थियो ।

यसैगरी उनीहरुबीच नेपाल र इन्डोनेसियाबीच पर्यटन प्रवर्धनका क्षेत्रमा हुनसक्ने आपसी सहकार्य र लगानीका विषयमा पनि कुराकानी भएको थियो ।

त्यस अवसरमा नेपाल र इण्डोनेशियाबीच कूटनीतिक तथा कामकाजी सरकारी पासपोर्ट वाहकहरुका लागि दुवैतर्फको भिसा निःशुल्क गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो ।

सो सम्झौतापत्रमा नेपालका तर्फबाट मन्त्री डा राणा र इन्डोनेशियाका तर्फबाट विदेशमन्त्री मर्सुदीले हस्ताक्षर गरेका थिए।

मन्त्री डा राणाले उक्त सम्झौताले इन्डोनेशियासँगको आपसी सम्बन्धलाई आगामी दिनमा थप विस्तार गर्न महत्त्पूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।

त्यसैगरी मन्त्री डा राणाले हिजो नै बुरुन्डीका विदेशमन्त्री अल्बर्ट सिङ्गिरोसँग पनि द्विपक्षीय भेटवार्ता गरेकी थिइन् ।

त्यस अवसरमा द्विपक्षीय आपसी सम्बन्ध र द्विपक्षीय हितका साथै आगामी दिनमा गर्न सकिने सहकार्यका बारेमा कुराकानी भएको थियो ।

नेपाल र बुरुन्डी जलवायु परिवर्तनका कारण बढी प्रभावित दुई भूपरिवेष्टित देश रहेकाले जलवायु परिवर्तनको असर कम गर्ने कार्यमा मिलेर कसरी अघि बढ्न सकिन्छ भन्ने बारेमा पनि मन्त्री डा राणाले छलफल गरेकी थिइन् ।

त्यस्तै आइतबार नै परराष्ट्रमन्त्री डा राणा र फिनल्याण्डका वैदेशिक व्यापार तथा विकाससम्बन्धी मन्त्री भिल्ली ताभिओबीच पनि न्युयोर्कमा भेटवार्ता भएको थियो ।

उक्त भेटका अवसरमा मन्त्री राणाले विगत ५० वर्षदेखि नेपाल र फिनल्याण्डबीच रही आएको मैत्रीपूर्ण र आत्मीय सम्बन्ध तथा सहकार्यको चर्चा गर्दै नेपालको आर्थिक सामाजिक क्षेत्रमा फिनल्याण्डले पुर्याउँदै आएको सहयोगको सराहना गरेकी थिइन्।

भेटमा दुई देशबीचका द्विपक्षीय हितका विविध विषयहरुका साथै आगामी दिनमा गर्न सकिने आपसी सहयोग र साझेदारीबारे पनि कुराकानी भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved