नेपाल-भारत सम्बन्धमा गति थप्न तत्पर छौं – प्रधानमन्त्री मोदी

वार्ता ऊर्जा, प्रविधि र व्यापार जस्ता विषयमा केन्द्रित

नेपालभ्युज

नेपाल-भारत सम्बन्धमा गति थप्न तत्पर छौं – प्रधानमन्त्री मोदी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच ऊर्जा प्रवर्द्धन, सूचना प्रविधि र व्यापारका विषयमा छलफल भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिनले क्रममा न्युयोर्कमा आज भएको भेटमा जलविद्युत्को विकास र सूचना प्रविधिको विकास र व्यापारका विविध पक्षमा छलफल भएको भेटपछि भारतका प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनले नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्धलाई अझ बलियो बनाएर अगाडि बढ्न आफू तत्पर रहेको बताएका छन् ।

उनले एक्समा लेखेका छन् –न्यूयोर्कमा प्रधानमन्त्री केपी ओलीसँग धेरै राम्रो छलफल भयो । भारत–नेपालमैत्री सम्बन्ध धेरै बलियो छ र हामी हाम्रो यस सम्बन्धमा अझ बढी गति थप्न तत्पर छौं। हाम्रो वार्तामा ऊर्जा, प्रविधि र व्यापार जस्ता विषयहरूमा केन्द्रित थियो।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved