चीन भ्रमणमा गएका रास्वपा नेताहरू तत्काल नेपाल फर्किने

नेपालभ्युज

चीन भ्रमणमा गएका रास्वपा नेताहरू तत्काल नेपाल फर्किने

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू तत्काल नेपाल फर्किन लागेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि शनिबार चीन गएको उक्त टोली नेपालको राजनीतिक गतिविधिलाई ध्यानमा राखेर तत्काल फर्किन लागेको बताइएको छ  ।

नेपालमा पार्टी सभापतिमाथि षड्यन्त्र हुन सक्ने भएकाले तत्काल फर्किन लागेको भ्रमण टोलीलाई नेतृत्व गरेका उपसभापति डा. स्वर्णिम वाग्लेले बताए ।

भ्रमण  टोलीमा पार्टी उपसभापति वाग्ले, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरू गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुसरकार श्रेष्ठ छन् ।

पार्टी सभापति रवि लामिछानेसमेत मुछिएको सहकारी ठगी प्रकरणमा गोरखा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी आइतबार पक्राउ परेपछि रास्वपाले चीन भ्रमणमा रहेको टोलीलाई फर्किनका लागि आग्रह गरेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved