काठमाडौं । श्रीलङ्काको राष्ट्रपतीय निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् ।
आइतबार भएको मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेको निर्वाचन आयोगका अध्यक्ष आरएमएल रत्ननायकले जानकारी दिए ।
अब दोस्रो चरणको मतदान हुनेछ । वामपन्थी उम्मेदवार अनुरा कुमारा दिशानायके र विपक्षी दलका नेता साजिथ प्रेमदासाबीच दोस्रो चरणको मतगणना हुनेछ । अन्य उम्मेदवार राष्ट्रपतिको दौडबाट बाहिरिएका छन् ।
यसरी हटाइएका उम्मेदवारको दोस्रो र तेस्रो प्राथमिकता प्रतिष्पर्धामा उम्मेदवारको पक्षमा परेको हो कि होइन भन्ने हिसाब ऐनको दफा ५७, ५८, ५९ र ६० बमोजिम गर्नुपर्ने निर्वाचन अधिकृतलाई जानकारी गराइएको छ ।
५० प्रतिशतभन्दा बढी मत नल्याए सबभन्दा बढी मत ल्याउने दुई जना मात्रै दौडमा बाँकी रहने व्यवस्था छ । त्यसपछि ती दुई उम्मेदवारबाहेक अरूलाई पहिलो रोजाइ मानेका मतदाताले पहिलो दुई उम्मेदवारलाई दोस्रो वा तेस्रो रोजाइमा पारेका छन् कि छैनन् भनेर हेरिन्छ।
उनीहरू दोस्रो वा तेस्रो रोजाइमा परेका छन् भने त्यसलाई भोट भनेर गनिन्छ। यसरी गणना गर्दा बढी मत ल्याउने उम्मेदवारलाई निर्वाचित घोषणा गरिने बीबीसीले जनाएको छ ।
यस वर्षको निर्वाचनलाई इतिहासकै सबैभन्दा नजिकको प्रतिस्पर्धाका रूपमा व्याख्या गरिएको छ । श्रीलंकामा १ करोड ७० लाख मतदाता छन् र देशको निर्वाचन आयोगले यो इतिहासकै सबैभन्दा शान्तिपूर्ण निर्वाचन भएको बताएको छ ।
यद्यपि, प्रहरीले ‘सार्वजनिक सुरक्षा’लाई उद्धृत गर्दै शनिबार राति कर्फ्यू घोषणा गर्यो र यसलाई आइतबार स्थानीय समय अनुसार दिउँसो १२ बजेसम्म लम्ब्याएको थियो।
श्रीलंकामा करिब दुई वर्षअघि आर्थिक अवस्था बिग्रिएपछि ठूलो प्रदर्शन भएको थियो । त्यसपछि शनिबार मुलुकमा पहिलो पटक राष्ट्रपति निर्वाचनको मतदान भएको छ ।
श्रीलंकामा मतगणना भइरहेका बेला सुरक्षा अधिकारीहरू सडकमा गस्ती गरिरहेका देखिएका छन् । यो निर्वाचनलाई सरकारको अर्थतन्त्रको व्यवस्थापनमा जनमत संग्रहका रूपमा हेरिएको छ ।
तथ्यांकअनुसार मुलुकमा करिब ७० प्रतिशत मतदान भएको छ । श्रीलंकाको राष्ट्रपतीय निर्वाचनमा कीर्तिमानी ३८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
Facebook Comment
Comment