श्रीलंकाको राष्ट्रपतिमा दिशानायकेको फराकिलो अग्रता

नेपालभ्युज

श्रीलंकाको राष्ट्रपतिमा दिशानायकेको फराकिलो अग्रता

काठमाडौं । श्रीलंकाको राष्ट्रपति चुनावमा वामपन्थी उम्मेदवार अनुरा कुमारा दिशानायकेले फराकिलो अग्रता बनाएका छन् ।

राष्ट्रपतिका लागि शनिबार मतदान सम्पन्न सकिएलगत्तै जारी मतगणनामा नेशनल पिपुल्स पावरका उम्मेदवार दिशानायेकेले सुरूवातदेखि नै अग्रता लिएका हुन् ।

सुरूवातमा हुलाकमार्फत् आएका भोट गणना गरिएको थियो । हुलाकमार्फत् आएका मतगणना सकेर मतपेटिकाको गणना जारी रहेको बीबीसीले जनाएको छ ।

आइतबार बिहानसम्म कुल गणना भएको मतको ४७ प्रतिशत मत दिशानायकेले प्राप्त गरेका छन् ।

विपक्षी दलका नेता साजिथ प्रेमदासाले २८ प्रतिशत र राष्ट्रपति रनिल विक्रमासिंघेले १५ प्रतिशत मत ल्याएका छन् । राष्ट्रपति निर्वाचित हुनका लागि कुल मतको ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ ।

यसपालिको चुनावका लागि १ करोड ७० लाख नागरिक मतदानका लागि योग्य रहेकामा शनिबार ७० प्रतिशतले मतदान गरेका थिए । मतदान सकिएसँगै शान्तिपूर्ण ढंगले मतगणना गर्न कर्फ्यू लगाइएको थियो ।

अपदस्त राष्ट्रपति गोटाबाया राजापाक्षका भतिजा नमल राजापाक्ष पनि उम्मेदवार थिए । उनले तीन प्रतिशतमात्रै मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved