सुनको भाउ अहिलेसम्मकै उच्च

नेपालभ्युज

सुनको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यले रेकर्ड कायम गरेको छ । केही सातादेखि लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार सात सय रूपैयाँले बढेर रेकर्ड कायम गरेको हो । आज सुन प्रतितोला एक लाख ५८ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि गत भदौ ३१ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ५७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदीको मूल्य प्रतितोलामा पाँच रूपैयाँ बढेर एक हजार नौ सय २० रूपैयाँ पुगेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved