बारामा वयस्क हात्ती मृत फेला

नेपालभ्युज

बारामा वयस्क हात्ती मृत फेला

बारा । बारास्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत अवस्थामा फेला परेको छ ।

जिल्लाको कोल्हबी नगरपालिका–२ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परेको इलाका प्रहरी कार्यालय कोल्हबीले जानकारी दिएको छ ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन बन कार्यालय बाराको टोली घटनास्थलमा पुगेको छ । हात्तीको सुँडमा सामान्य खतसँगै केही रगतको टाटा समेत देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved