प्रचण्ड भन्छन् – राजनीतिक विचारका हिसाबले अहिले पनि माओवादी बलियो शक्ति

नेपालभ्युज

प्रचण्ड भन्छन् – राजनीतिक विचारका हिसाबले अहिले पनि माओवादी बलियो शक्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‌मा विपक्षीहरुलाई कमजोर पार्न विभिन्न षड्यन्त्र भइरहेको बताएका छन् ।

सहिद प्रतिष्ठान नेपालको पन्ध्रौं वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै प्रचण्डले संख्याका हिसाबले अहिले संसद्‌मा विपक्षीहरुलाई कमजोर पार्न विभिन्न षड्यन्त्र भइरहेको बताएका हुन् ।

संसदीय चुनाव लडिसकेपछि संख्याका हिसाबले कहिले कम र कहिले बढी हुनु स्वाभाविक भएको उल्लेख गर्दै उनले राजनीतिक विचार तथा एजेण्डाका हिसाबले अहिले पनि माओवादी नै बलियो शक्ति भएको तर्क गरे ।

पछिल्लो समय महान् जनयुद्धलाई हिंसात्मक क्रियाकलापको रुपमा अर्थ्याएको उल्लेख गर्दै उनले यो शब्द फिर्ता नलिँदासम्म प्रतिरोध जारी राख्ने स्पष्ट पारे ।

उनले जनयुद्धबाट प्राप्त उपलब्धि र भोग्नुपरेका चुनौती सबै माओवादीका साझा उपलब्धि र चुनौती भएकाले माओवादी घटकहरु मिल्नुको विकल्प नभएको बताए । पटकपटक सहिद घोषणा गरे पनि राजपत्रमा प्रकाशित नभएका कारण जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता पाउन नसकलकोले पछिल्लोपटक आफू प्रधानमन्त्री भएको बेलामा पुराना निर्णयहरु खोजेर सहिदको नामावली राजपत्रमा प्रकाशित गरेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved