एकाबिहानै झर्छिन् पारिजात (तस्वीरहरू)

विज्ञानले पनि यसलाई ‘रातमा फुल्ने दुखित वृक्ष’ भनेर व्याख्या गरेको छ । यसको वैज्ञानिक नाम Nyctanthes arbor-tristis हो । जसको अर्थ पनि यही हुन्छ– रातमा फुल्ने र बिहानै ओइलाउने वृक्ष ।

एकाबिहानै झर्छिन् पारिजात (तस्वीरहरू)

काठमाडौं । पारिजात रातभर सुन्दरता बाँड्छिन् तर, एकाबिहानै झर्छिन् ।

पारिजातसम्बन्धी विभिन्न लोकोक्ति तथा शास्त्रोक्तिहरू भेटिन्छन् । एउटा प्रसिद्ध लोकोत्तिअनुसार पारिजात एक राजकुमारी थिइन्, जसको सूर्यप्रति एकतर्फी प्रेम थियो । तर, सूर्यले उनको प्रेमलाई अस्वीकार गरेपछि निराश पारिजातले आत्महत्या गरिन् । यसपछि उनको शव दाहासंस्कार गरेको खरानीबाट उम्रिएको वनस्पति नै पारिजात भएको मानिन्छ ।

यसरी पारिजातले सूर्यलाई सधैँको लागि तिरस्कार गर्न थालिन् र सूर्योद्वयसँगै बोटबाट झर्न थालिन् ।

हिन्दु धार्मिक मान्यताअनुसार भने पारिजातलाई भगवान् श्रीकृष्णले स्वर्गबाट पृथ्वीमा ल्याएको फूलका रूपमा मानिन्छ । नरकासुर दैत्यको बध गरेपछि इन्द्रले स्वर्गमा श्रीकृष्णलाई पारिजातको फूलले स्वागत गरेका थिए । यो फूल कृष्णले रुक्मिणीलाई दिए, जसलाई थाहा पाएपछि सत्यभामा ईर्ष्यालु भइन् । उनी पनि पारिजात पाउन चाहन्थिन् । त्यसपछि श्रीकृष्णले सत्यभामालाई खुसी बनाउन पारिजातलाई स्वर्गबाट चोरेर धर्तीमा ल्याए ।

पारिजातसँग जोडिएका यी किंवदन्तीहरू मात्र होइन, विज्ञानले पनि यसलाई ‘रातमा फुल्ने दुखित वृक्ष’ भनेर व्याख्या गरेको छ । यसको वैज्ञानिक नाम Nyctanthes arbor-tristis हो । जसको अर्थ पनि यही हुन्छ– रातमा फुल्ने र बिहानै ओइलाउने वृक्ष ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved