सहकारीबाट रविको नाममा पैसा गएको सञ्चालक कुमार रम्तेलको दाबी (बयानसहित)

नेपालभ्युज

सहकारीबाट रविको नाममा पैसा गएको सञ्चालक कुमार रम्तेलको दाबी (बयानसहित)

काठमाडौं । सहकारी ठगीमा कास्कीमा थुनामा रहेका कुमार रम्तेलले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सहकारीबाट पैसा लगेको बताएका छन् ।

संसदीय छानबिन समितिले गरेको सोधपुछका क्रममा पोखराको सुप्रिम सहकारीका सञ्चालक रम्तेलले जीबीसँगै रवीले पनि सहकारीबाट पैसा लगेको दाबी गरेका हुन् ।

आफ्नो नाममा खडा गरिएको ऋण कृत्रिम भएको उल्लेख गर्दै रम्तेलले त्यसको ठाउँमा रविले ऋण लगेको बताएका हुन् । रम्तेलले आफूले चिनेको रवि लामिछाने पूर्व गृहमन्त्री रवि लामिछाने नै भएको बताएका छन् ।

उनले बयानमा भनेका छन्, ‘मेरो नाममा खडा गरिएको कृत्रिम ऋणबाट किस्ता तिरी बाँकी रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जानुले यो यो कुरा पुष्टि हुन्छ,’ रम्तेलले बयानमा भनेका छन्,‘त्यसैले उक्त रकम तिरिएको व्यक्ति पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछाने नै हुन् भन्ने कुरा यकिन साथ भन्न सक्छु ।’

रम्तेलले ग्यालेक्सी टीभी अवस्था बिग्रिनुमा रवि लामिछाने कारण रहेको बयानमा भनेका छन् ।

नारायणगढ– बुटवल खण्डको दबाब यात्रामा लामिछाने रहेको बेला दीपक बोहोरामार्फत् फोन गरेर उक्त बताएको उनले बयानमा भनेका छन् । पाँच वर्ष टिभीमा काम गर्ने सहमति गरेर लामिछानेले वीचमै छोडेको रम्तेलको बयानमा छ ।

रम्तेल सूर्यदर्शन र स्वर्णलक्ष्मी सहकारीको कोषाध्यक्ष, समानताको सचिव थिए । रम्तेल हाल कास्कीमा थुनामा छन् ।

रम्तेलको बयानले सहकारी संस्था रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिमा रवि लामिछानेको बयानमा खण्डन भएको छ । समिति समक्ष बयानमा रविले  आफू ग्यालेक्सी टेलिभिजनको कार्यक्रम सञ्चालन र उत्पादनमा मात्र जिम्मेवार रहेको बयान दिएका थिए ।

सोही बयानमा उनले मिडियाका सम्पूर्ण आर्थिक पाटो गितेन्द्रबाबु राई (जीबी)ले हेर्ने गरेको बताएका थिए । तर उनले चेक काट्ने काम पनिगर्थे । रम्मेतका अनुसार रविले अरुको नाममा सहकारीबाट सिधै पैसा समेत लिएका थिए ।

Kumar-Ramtek-1726819511.jpg


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved