ताइवानको स्पष्टीकरण – लेबनानमा विस्फोट भएका पेजर हाम्रो देशमा बनाइएका होइनन्

नेपालभ्युज

ताइवानको स्पष्टीकरण – लेबनानमा विस्फोट भएका पेजर हाम्रो देशमा बनाइएका होइनन्

काठमाडौं । ताइवानले लेबनानमा हिजबुल्लाहको पेजरमा भएको विस्फोटको बारेमा स्पष्टीकरण दिएको छ । ताइवानको सरकारले सशस्त्र समूह हिजबुल्लाहले प्रयोग गरेका हजारौं पेजरका अंश आफ्नो देशमा नबनाइएको बताएको छ ।

यो बयान ताइवानी कम्पनी गोल्ड अपोलोको बयानपछि आएको हो ।

लेबनानी सरकारले मंगलबार भएका हजारौं विस्फोटमा कम्तिमा ३,००० व्यक्ति घाइते भएको र दुई बालबालिकासहित ३२ जनाको मृत्यु भएको बताएको छ ।

पेजरबाहेक वाकीटकीमा पनि बम विष्फोट भएको र यसका लागि इजरायललाई दोष लगाइँदै आएको र यसका कारण दुवै पक्षबीच तनाव बढेको छ ।

लेबनानमा कसरी विस्फोट भए हजारौं पेजर ? ६ प्रश्नोत्तरबाट बुझ्नुहोस् घटनाक्रम

शुक्रबार ताइवानका अर्थमन्त्री कुओ जि-हुईले पत्रकारहरूलाई भने, “हिजबुल्लाहका पेजरहरू हाम्रो देशमा बनाइएको थिएन ।”

यस सम्बन्धमा न्यायिक छानबिन सुरु भइसकेको उनले बताए । उनले भने, “म सत्यलाई उजागर गर्न चाहन्छु, किनभने ताइवानले त्यो मोडलको पेजर कहिल्यै निर्यात गरेको छैन ।”

यसअघि गोल्ड अपोलोका प्रमुख सु चिङ–कुआङले आफ्नो उपकरणको यी दुर्घटनाहरूसँग कुनै सम्बन्ध नभएको बताएका थिए । हङ्गेरियन कम्पनी बीएसी कन्सल्टिङलाई गोल्ड अपोलो ब्राण्डको नाम प्रयोग गर्न लाइसेन्स दिएको हुइले बताए ।

यद्यपि, बीएसीको सीईओ क्रिस्टियाना बार्सोनी-असिडियाकोनोले अमेरिकी समाचार प्लेटफर्म एनबीसीलाई बताइन् कि उनको कम्पनीले यी पेजरहरू बनाएको छैन ।

हंगेरी सरकारले भनेको छ, ”देशमा बीएसीको कुनै उत्पादन वा सञ्चालन कारखाना छैन ।” तर, न्यूयोर्क टाइम्सले आफ्नो एउटा रिपोर्टमा इजरायली गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै बीएसी एउटा शेल कम्पनी हो, जसले इजरायलका लागि काम गर्‍यो ।

डिभाइस बम आक्रमणपछिको लेबनान : अधिकांश घाइतेले गुमाए औंला, मोबाइल नजिक जान डराउँछन् नागरिक


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved