युक्रेनलाई हतियार बेचेको समाचार बाहिरिएपछि भारतले के भन्यो ?

नेपालभ्युज

युक्रेनलाई हतियार बेचेको समाचार बाहिरिएपछि भारतले के भन्यो ?

काठमाडौं । भारतीय हतियार युरोप हुँदै युक्रेन गएको दाबी गर्ने समाचार एजेन्सी रोयटर्सको रिपोर्टलाई भारतको विदेश मन्त्रालयले अस्वीकार गरेको छ ।

सेप्टेम्बर १९ मा प्रकाशित रोयटर्सको रिपोर्टमा दाबी गरिएको थियो, ”भारतीय हतियार निर्माताहरूले युरोपेली ग्राहकहरूलाई बेचेको युद्ध सामग्री युक्रेनमा पठाइएको छ । रुसले पनि यसको विरोध गरेको छ ।”

प्रतिवेदनमा रुसको विरोधका बाबजुद भारतले कुनै प्रतिबन्ध न लगाएको दाबी गरिएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले यस रिपोर्टबारे भने, “हामीले रोयटर्सको रिपोर्ट हेरेका छौं । यो रिपोर्ट काल्पनिक र भ्रामक छ । प्रतिवेदनमा भारतले नियम उल्लंघन गरेको उल्लेख गरेको छ, जुन गलत हो ।”

विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘‘सैनिक र अन्य वस्तुको निर्यातमा अन्तर्राष्ट्रिय कानूनको पालना गर्नेमा भारतको ट्र्याक रेकर्ड त्रुटिरहित रहेको छ । भारतले हतियार विस्तारसम्बन्धी अन्तर्राष्ट्रिय जिम्मेवारी र प्रमाणीकरणलाई ध्यानमा राखेर आफ्नो सैन्य निर्यात गर्छ ।”

रोयटर्सले ११ भारतीय, युरोपेली र रक्षा उद्योगका अधिकारीहरूसँगको कुराकानीको आधारमा आफ्नो रिपोर्टमा यस्तो दाबी गरेको हो ।

रिपोर्टले स्रोतलाई उद्धृत गर्दै दाबी गरेको छ कि रुसविरुद्ध युक्रेनको रक्षालाई एक वर्ष भन्दा बढी समयदेखि यसरी समर्थन गरिएको छ ।

रोयटर्सको रिपोर्टका अनुसार जुलाईमा भारतीय विदेशमन्त्री एस जयशंकर र रुसी विदेशमन्त्री सर्गेई लाभरोभबीच भेट हुँदा पनि यस विषयमा छलफल भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved