एन्फा महिला लिग : वालिङले बागमतीलाई हरायो

नेपालभ्युज

एन्फा महिला लिग : वालिङले बागमतीलाई हरायो

काठमाडौं । जारी एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोवाटोमा बिहीबार भएको खेलमा वालिङले बागमतीलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

वालिङको जितमा विदेशी खेलाडी सिसी एन्टोङ्गोले खेलको २२ र ४०औं मिनेटमा गोल गरिन् भने ज्यकिलिन नस्सालीले ५४ र ८३औं मिनेटमा गोल गरिन् ।

जितसंगै वालिङ ६ खेलमा १३ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ भने भने समान खेल खेलेको बागमती चार अंकसहित तालिकाको आठौं स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved