सेयर बजारमा सामान्य गिरावट, खुम्चियो कारोबार रकम 

नेपालभ्युज

सेयर बजारमा सामान्य गिरावट, खुम्चियो कारोबार रकम 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ४ अंकले घटेर २५७६ दशमलव ७६ को विन्दुमा पुगेको छ ।

बुधबार ३२० कम्पनीका ८ हजार ३ सय ७८ पटकको कारोबारमा १ करोड ४० लाख ५२ हजार १ सय २१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९ सय ६१ रुपैयाँ रहेको छ ।

त्यस्तै, ७४ कम्पनीको सेयर मूल्य बढ्दा १६३ कम्पनीको मूल्य घटेको छ । १३ उपसमूहमध्ये बैंकिङ सब इन्डेक्स र निर्जीवन बीमा कम्पनी बढ्दा बाँकी ११ वटा राताम्मे छन् । आज कालिका लघुवित्तका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् भने सीइडीबी हाइड्रोपावरमा लगानीकर्ताहरू झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved