एन्फा महिला लिग : एपीएफले संकटालाई हरायो

नेपालभ्युज

एन्फा महिला लिग : एपीएफले संकटालाई हरायो

काठमाडौं । जारी एन्फा महिला लिगमा विभागीय टोली नेपाल एपीएफ क्लबले संकटा क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफले संकटालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

एपीएफलाई जित दिलाउन सरु लिम्बूले खेलको १३औं मिनेट, अनिता केसीले ५०औं र सविता राना मगरले खेलको ६४औं मिनेटमा गोल गरेकी थिइन् ।

जितसंगै ६ खेलमा १६ अंक जोड्दै एपीएफ तालिको शीर्ष स्थानमा कायमै छ भने समान खेलबाट संकटाको ५ अंक रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved