सरकारको न्यूनतम साझा कार्यक्रम कहिले सार्वजनिक हुन्छ ?

नेपालभ्युज

सरकारको न्यूनतम साझा कार्यक्रम कहिले सार्वजनिक हुन्छ ?

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम आउँदो बिहीबारसम्म तयार हुने भएको छ ।

अहिले नेपाली कांग्रेसका गगन थापा र प्रकाशशरण महत र नेकपा (एमाले) का प्रदीप ज्ञवाली र विष्णु रिमाल सम्मिलित कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदामा काम गरिरहेको छ ।

चार सदस्यीय कार्यदलले गत भदौ २४ गतेबाट काम सुरु गरेको हो । अब बुधबार साँझसम्म कार्यक्रमको मस्यौदा तयार भइसक्ने कार्यदलका सदस्य प्रकाशशरण महतले बताए ।

“न्यूनतम साझा कार्यक्रमको मस्यौदा लेखन अन्तिम चरणमा आइपुगेको छ,” महतले भने, “सम्भवत: बुधबार साँझसम्म त सकिसक्छ । बिहीबारसम्म यो तयार भइसक्छ ।”

त्यसलगत्तै शीर्ष नेतासमक्ष ब्रिफिङ गरिने उनले नेपालभ्युजलाई बताए । “त्यसपछि प्रधानमन्त्रीज्यू, अरु शीर्षस्थ नेताहरूको समय मिलाएर ब्रिफिङ गर्ने अनि सार्वजनिक गर्ने काम हुन्छ,” उनले भने ।

कार्यक्रममा सुशासन, आर्थिक विकास, संविधान संशोधनलगायतका विषय मुख्य रूपमा समेटिने महतले बताएका छन् । “यसबाहेक सरकारलाई कसरी अगाडि बढाउने, यस अवधिमा के-के काम गर्ने भन्ने विषयहरू समेटिनेछन् । मुख्य रूपमा यी नै हुन्,” महतले भने ।

  • सम्बन्धित समाचार

सरकारको न्यूनतम साझा कार्यक्रममा के-के विषय समेटिन्छन् ? – Nepal Views


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved