नेपाल क्यानडासँग पराजित

नेपालभ्युज

नेपाल क्यानडासँग पराजित

काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग पराजित भएको छ ।

ब्याटिङ राम्रो गर्न नसकेपछि २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रन बनाएर अल आउट भएको हो ।

नेपालका लागि करण केसीले सर्वाधिक मात्र २७ रन बनाए । सन्दीप लामिछाने २२, आसिफ शेख २०, भीम सार्की १८, गुलशन झा १५, कुशल मल्ल १२, दीपेन्द्रसिंह ऐरी ८, सोमपाल कामी ६ र रोहित पौडेल ५ रन बनाएर बाहिरिएका थिए । ओपनर कुशल भुर्तेलले मात्र १ रन जोडे ।

क्यानडाका तीव्र गतिका बलर डिलोन हेलिगरले १० ओभरमा ३१ रन खर्चेर ५ विकेट लिए । अखिल कुमार र अंश पटेलले २–२ विकेट लिएका थिए ।

त्यसअघि किंक सिटीमा रहेको मप्ले अ‍ेआफ नर्थ वेस्ट क्रिकेट मैदानमा टर हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रन बनाउनको थियो ।

नेपालका लागि सोमपाल कामी र ललित राजवंशीले समान २–२ विकेट लिए भने सन्दीप लामिछाने, गुलशन झा र रोहित पौडेलले १–१ विकेट लिएका थिए । नेपालले बुधबार ओमानसँग खेल्नेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved