क्यानडा विरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

नेपालभ्युज

क्यानडा विरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

काठमाडौं  ।  नेपालले विश्वकप लिग-२ को दोस्रो चरणको पहिलो खेलमा क्यानडा विरुद्ध टस जितेर पहिले बलिङ गर्ने भएको छ।

त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङको निर्णय लिएका हुन्।

नेपाली टोलिमा कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, रोहित पौडेल (कप्तान) दिपेन्द्र सिंह ऐरी, भिम सार्की, सोमपाल कामी, करण केसी, गुल्सन झा, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन्।

यअघि पहिलो श्रृंखला अन्तर्गत गत फेब्रुअरीमा घरेलु मैदानमा नेदरल्यान्डस् र नामिबियासँग खेलेको नेपालले ४ खेलबाट २ अङ्क जोडेको छ।

यो सिरिजमा नेपाल र क्यानडासँगै ओमान पनि सहभागी छ। ओमान र नेपालले यसअघि एउटा सिरिज मात्र खेलेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved