५ सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष (पूर्णपाठसहित)

आएको रकम खर्च गर्नेमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक र पदाधिकारी रहेको भनिएको छ । तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने पनि थिए । समितिले रकम हिनामिना गर्ने सबै संचालकलाई कारबाहीको दायरमा ल्याउन सुझाव दिएको छ ।

नेपालभ्युज

५ सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष (पूर्णपाठसहित)

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचालन भएको निष्कर्ष निकालेको छ । आएको रकम खर्च गर्नेमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन पदाधिकारी रहेको भनिएको छ ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने पनि थिए । समितिले रकम हिनामिना गर्ने सबै संचालकलाई कारबाहीको दायरमा ल्याउन सुझाव दिएको छ ।

सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको विषयमा सहकारी समितिले ८ वटा सुझाव दिएको छ ।

जीबी राई समूहले सञ्चालन गरेका ७ मध्ये ५ वटा सहकारीबाट गोर्खा मिडियामा २ अर्ब ५६ करोड रुपैयाँ कारोबार भएको पाइएको छ । यसमध्ये ६५ करोड रुपैयाँ सहकारीको रकम अपचलन भएको समितिको निष्कर्ष छ ।

समितिका अनुसार पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगञ्जको सानो पाइला सहकारीबाट सहकारी कानुन विपरीत गोर्खा मिडिया नेटवर्कमा रकम प्रवाह भएको छ ।

यसमा सहकारी सञ्चालक एवं निर्णय प्रक्रियामा संलग्न सबैलाई कानुन बमोजिम कारबाही गर्न सिफारिस गरिएको छ ।

समितिले सुझव सुझावमा सहकारी क्षेत्रको नियमन, पारदर्शिता, र सुधार आवश्यक भएको ठहर गरेको छ । समितिले सहकारी संस्थाहरूलाई सञ्चालनमा ल्याउन, कानुनी स्पष्टता र व्यवस्थापन सुधार गर्न ध्यान दिनुपर्ने सिफारिस गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved