नुवाकोट । ज्याला तथा पारिश्रमिक नपाउँदा अपर त्रिशूली हाइड्रोका मजदुरहरू तोडफोडमा उत्रिएका छन् ।
मजदुरले तोडफोड सुरु गरेसँगै रसुवाको मैलुङमा निर्माणाधीन २१६ मेगावाटको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण कार्य अवरुद्ध भएको छ ।
निर्माणाधीन उक्त आयोजनामा कार्यरत मजदुरहरूले ज्याला तथा पारिश्रमिकको विषयलाई लिएर शनिबार कार्यालय र कम्पनीको गाडी तोडफोड गरेसँगै निर्माण कार्य रोकिएको हो ।
आयोजनाको मुख्य प्रवर्द्धक कोरियन कम्पनी कोरिया इनर्जीको ९० प्रतिशत लगानीमा निर्माण भइरहेको आयोजनाको ठेकेदार तथा सब कन्ट्याक्टर कम्पनी पावर चाइनाले पारिश्रमिक र सेवा सुविधा अनपेक्षित रूपमा घटाएको भन्दै मजदुरहरू तोडफोडमा उत्रिएका हुन् ।
आधारभूत तलब १५ हजार ५ सय ५० रुपैयाँ भुक्तानी गर्दै आइरहेको पावर चाइना कम्पनीले तलब १२ हजार ८ सयका दरले भुक्तानी गरेपछि मजदुरहरूले असन्तुष्टि जनाएको बताइएको छ ।
Facebook Comment
Comment