अमेरिकाबाट काठमाडौं फर्किएका व्यक्ति एअरपोर्टबाटै बेपत्ता, झोला भेटियो मान्छे कहाँ गए ?

नेपालभ्युज

अमेरिकाबाट काठमाडौं फर्किएका व्यक्ति एअरपोर्टबाटै बेपत्ता, झोला भेटियो मान्छे कहाँ गए ?

काठमाडौं । अमेरिकाबाट काठमाडौं आएका एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै बेपत्ता भएका छन् ।

दुबई ट्रान्जिट भएर हिमालयन एअरलाइन्समार्फत शनिबार राति काठमाडौं ओर्लिएका पर्वत पैंयू १ का ७६ वर्षीय दण्डपाणि भुसाल हराएका हुन् ।

राति १०ः२५ बजेदेखि एअरपोर्टबाट सम्पर्कविहीन भएको भुसालका ज्वाईं मधु वस्तीले बताएका छन् ।

विमानस्थलमा ओर्लेपछि भिडिओ कल समेत भएको र त्यसपछि भुसाल बेपत्ता भएको वस्तीले बताए ।

राति १०ः२५ बजे विमानस्थलबाट बाहिर निस्केको सीसी क्यामेरामा समेत देखिएको छ । त्यहाँबाट कता गए भन्ने पत्तो लागेको छैन ।

जानकारका अनुसार विमानस्थलबाट बाहिर निस्केपछि झोला छुट्यो भन्दै भित्र लिन गएका थिए । उनको झोला कागजात भने भेटिएको छ । लेखपढ गर्न नजान्ने भुसाल हराएपछि आफन्तले प्रहरी वृत्त गौशालामा निवेदन दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved