त्रिशूलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन

नेपालभ्युज

त्रिशूलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन

चितवन । नारायणगढ–मुग्लिङ सडक खण्डको सिमलतालमा सडकबाट त्रिशूली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन् । ट्रक पानी बाहिर किनारमा रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार चालक यमबहादुर घलेको मोबाइल स्विचअफ छ । घटनास्थल पुगेर फर्कदैं गरेका रिजालले भने, “चालक सम्पर्कमा छैनन्, घटना शंकास्पद देखिएको छ ।” दुर्घटनाको अवस्था हेर्दा चालक नदीमा नभएर बाहिर सम्पर्कविहीन भएको हुनसक्ने उनको भनाइ छ ।

यातायात कार्यालयमार्फत ट्रक धनीको पहिचान गरेर चालक खोजी कार्य भइरहेको उनले बताए । ना ६ ख ६२८३ नम्बरको ट्रक भैरहवाबाट सूर्यमुखी तेल बोकेर ललितपुरतर्फ जाँदै गरेको थियो । ट्रकमा दुई हजार दुई सय २५ कार्टुन तेल लोड गरिएको थियो ।

ट्रक आज बिहान सडकबाट झन्डै एक सय मिटर तल त्रिशूली किनारमा खसेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved